शिक्षक गुरु की गोरु ?

चौमासिक तलब पाउने शर्तमा मात्रै किताब रटाउने शिक्षकलाई मैले कहिल्यै गुरु मानिन र मान्‍न सक्दिन पनि । अङ्कका आधारमा अन्धकार भविष्यको भविष्यावानी गरिदिने शिक्षकलाई मैले कहिल्यै गुरु मानिन् र मान्‍न सक्दिन पनि । आफ्नो रोजीराेटीका लागि हजारौँ विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने शिक्षकलाई मैले कहिल्यै गुरु मानिन र मान्‍न सक्दिन पनि ।

गु ‍= अँध्यारो, रु = उज्यालो । जसले अँध्यारो जीवनलाई उज्यालोतर्फ लैजानका लागि मार्गनिर्देशन गर्दछ उसलाई गुरु भनिन्छ । गुरु बन्‍नुपर्ने र बन्‍न सकिने सबैभन्दा उत्तम प्रोफेसन भनेको शिक्षक नै हो । हजारौँ विद्यार्थीको उज्वल भविष्यको श्रेय लिन मिल्ने प्रोफेसन भनेको शिक्षक नै हो । गुरु बन्‍ने अवसर हुँदाहुँदै गुरु बन्‍न नसकेमा गोरु बन्‍नुपर्ने प्रोफेसन भनेको पनि शिक्षक नै हो ।

आउनुहोस् एकछिन् डेटाका कुरा गरौँ । सिधा सिधा हिसाब गर्दा, नेपालमा प्रत्येक वर्षमा चार लाख देखि पाँच लाखले SEE दिने गर्छन् । दश वर्ष पहिले २०६७ सालमा पनि लगभग यही संख्यामा SLC दिए होलान् । २०६७ सालमा एसएसली दिएका चार/पाँच लाख मध्ये ४/५ मात्र भएपनि किन विशेष खालका मान्छेहरु उत्पादन भएनन् ? एकछिन् मनन् गरौँ ।

“10,000 hours of “deliberate practice” are needed to become world-class in any field”
(कुनै क्षेत्रमा पूरा फोकसका साथ १० हजार घण्टा काम गर्ने हो भने विश्वस्तरीय मान्छे बन्‍न सकिन्छ ।)– Malcolm Gladwell

दैनिक ४ घण्टाका दरले काम गर्ने हो भने एक वर्षमा १४६० घण्टा हुन्छ । दश वर्षमा १४,६०० घण्टा हुन्छ । ४/५ लाख विद्यार्थी मध्ये ४/५ हजार, ४/५ हजार पनि नभनौँ ४/५ सय, नाई नाई त्यति पनि नभनौँ मात्र ४/५ जना मात्र भएपनि किन विश्वस्तरीय मान्छे उत्पादन भएनन् ? ‌‌‌ओके ओके, विश्वस्तरीय नभनौँ । नेपालस्तरीय भएपनि मात्र ४/५ जना किन उत्पादन भएनन् ?

मैले यति भन्दै गर्दा कति शिक्षकलाई लागि सक्यो होला की यो त सरकारको दोष हो, यो पाठ्यक्रमको दोष हो । मैले पाठ्यक्रममा दोष छैन भनेको छैन् । समयानुसार अपडेट हुनुपर्नेमा नहुनु त शिक्षा प्रणालीको दोष त छँदैछ । यसो भन्दैमा सँधै सरकारलाई दोष लगाएर त हुँदैन् । जीवन सफलताका कुरा गर्ने मेरो प्रोफेसनभित्रको अध्ययन भन्छ की सफलताका लागि १०० प्रतिशत जिम्मेवारी आफैले लिनुपर्छ । मेरो अनुरोध यहाँनेर शिक्षक पेशा भनेको गुरु बन्‍ने महान अवसर हो गुरु बनेर आफ्नो जिम्मेवारी पूरा गरौँ मात्र भनेको हो ।

यति भन्दा पनि मेरो दोष छैन्, सरकारकै दोष भन्‍ने कति शिक्षकको मान्यता हुन सक्ला । मेरो आफ्नो एउटा घटना मार्फत प्रष्ट पार्न चाहान्छु । प्रशिक्षणको शिलशिलमा विभिन्‍न विद्यालयमा पुग्ने क्रममा एउटा मावि विद्यालयका शिक्षकलाई २ दिने वर्कशप थियो ।  वर्कशपको दोश्रो दिनमा मैले शिक्षकबाट गुरु बन्‍नुपर्छ भनिरहँदा एकजना शिक्षकको गुनासो “पाठ्यक्रमले बाँधेको छ, सरकारको दोष छ, हामी के नै गर्न सक्छौँ र ?” ।

महाकवि देवकोटाको “प्रश्नोत्तर” कविताको एक लाईन सापटी लिदैँ मैले भनेँ, (उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक) यो लाईन त हामी सबैलाई कण्ठ छ, हामी सबैलाई घोकाईएको पनि हो र हामीले घोकेका पनि हौँ । यदि त्यतिबेला महाकविको (उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक) यसको अर्थ हामीलाई घोकाउने स्वंय शिक्षकले बुझेको भए शिक्षक गुरु बनिसक्थे र गुरुले यही लाईन हामीलाई बुझाएको भए हामीले उहिल्यै नै महान सपना निर्माण गरी सक्थ्यौँ र विशेष मान्छे बनिसक्थ्यौँ ।

पाठ्यक्रमा छ, किताबबाट रटाईएको पनि हो र रटेका पनि हौँ । सानोलाई माया गर्नुपर्छ, ठूलोलाई सम्मान गर्नुपर्छ, अरुको कूभलो हुने काम गर्नुहुन्‍न, धुम्रपान/मध्यपान सेवन गर्नुहुन्‍न, सत्य बोल्नुपर्छ, चोर्नु हुन्‍न, समाज र देशको भलो हुने काम गर्नुपर्छ,  मर्ने बेलामा आफ्नो शरिर बराबर जमिन पाउने कथा, काग र घैँटोको कथा, सेवा गरे मेवा मिल्छ भन्‍ने कथा, गौतम बुद्धका महान भनाईहरु, महान राजनितिज्ञ, महान वैज्ञानिक, महान साहित्यकार, महान कलाकार लगायत सबैको जीवनी, जन्मदेखि मृत्यू, असफलतादेखि सफलतासम्मका सबै चिजहरु किताबमा छन् त ।

के यी सबै कुरा व्यवहारिक तरिकाले विद्यार्थीलाई नसिकाउनु भनेर पाठ्यक्रमले भनेको छ र ? के विद्यार्थीलाई जागिर खानेवाला होईन जागिर दिन सक्नेवाला नबनाउनु भनेर पाठ्यक्रमले भनेको छ र ? के पाठ्यक्रमले विद्यार्थीको वास्तविक क्षमता पहिचान गरेर त्यही तरिकाले मार्गनिर्देशन नगर्नु भनेको छ र ? के पाठ्यक्रमले शिक्षकलाई गुरु बन्‍नबाट रोकेको छ त ?

पाठ्यक्रम त एउटा आधार मात्र हो । एउटा बाटो मात्र हो, भलै यसमा अपडेट गरिनुपर्ने कुरा त छँदैछ । तर मुख्य रुपमा शिक्षक गुरु नभएसम्म विद्यार्थीको वास्तविक क्षमताको हत्या शिवाय अरु केही हुन सक्दैन । हरेक बच्चा विशेष बन्‍न सक्ने क्षमताका साथ जन्मिन्छ तर गलत बाउआमाको संस्कार र गलत शिक्षकको मार्गनिर्देशनका कारण बच्चाको वास्तविक क्षमताको हत्या हुन्छ । सबै बच्चाको हालत यही हो । ४/५ लाख मध्ये ४/५ जना पनि विशेष उत्पादन हुन नसक्नुको कारण पनि यही हो ।

समस्या दर्शाएर मात्र हुँदैन्, मसँग समाधान पनि छ ।

आदरनीय कार्यरत शिक्षकहरु र हुनेवाल शिक्षकहरु, शिक्षक पेशा जागिर होईन्, आफ्नो पेट पाल्ने सवालमा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नै मिल्दैन् । यदि हजुरहरुसँग बच्चाहरुसँग रमाउने, बच्‍चाहरुको जीवन सुन्दर बनाउने #प्यासन छ भने मात्र शिक्षक पेशा रहनुहोला, जोडिनुहोला ।

रह्यो कुरा पैँसाको । प्यासनलाई पछ्याउने मान्छेलाई पैँसा र सफलताले सँधै पछ्याउँछ । शिक्षक पेशामा रहेर पनि विद्यार्थीको भविष्य उज्वल बनाउँदै आरामदायी घरमा बस्न सक्ने र कारमा गुड्न सक्ने व्यक्तित्व बनाउन सकिन्छ, के तपाई तयार हुनुहुन्छ ? यही कुरालाई नै आधार बनाएर हामीकहाँ मासिक रुपमा Successful Teacher Workshop चलिरहेछ । सबै शिक्षकहरुलाई आफू बन्‍ने र अरुलाई बनाउने यो महान अभियानमा हार्दिक स्वागत छ ।

Share For Big Support & Love...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments