त्यही नारी राष्ट्रपति हुन सक्छे भने तपाई किन सक्नुहुन्‍न ? (Woman Day Special)

न रुख फरक छ, न डाली फरक छ

न भात फरक छ, न थाली फरक छ

पुरुष नारी, दुबै बराबरी

मात्र प्रजनन्, प्रणाली फरक छ

    हे सम्मानित नारीहरु, सर्वप्रथम नारीले नै नारीप्रतिको दृष्टिकोण सच्याउनुहोस्, सर्वप्रथम आफ्नो मुखको थैली पक्का गर्नुहोस् की कसैले हेप्ने र दमन गर्ने प्रयासै नगरोस् ।

    हे आमाहरु हो, छोरी जन्मिँदा त्यति नै गर्व गर्नुहोस् जति छोरा जन्मिँदा गर्नुहुन्छ, छोरीलाई त्यति नै माया गर्नुहोस् जति छोरालाई गर्नुहुन्छ, छोरीलाई त्यसरी नै पढाउनुहोस् जसरी छोरालाई पढाउनुहुन्छ ।

    हे सासुहरु हो, बुहारीलाई त्यति नै माया गर्नुहोस्, जत्ति आफ्नो छोरीलाई गर्नुहुन्छ,

    हे बुहारीहरु हो, सासुलाई त्यति नै माया गर्नुहोस्, जत्ति आफ्नो आमालाई गर्नुहुन्छ ।

    हे सम्पूर्ण नारी हो, एक नारीले अर्को नारीलाई त्यति नै सम्मान गर्नुहोस्, जति सम्मान तपाई चाहानुहुन्छ ।

    हे सम्मानित नारी, तपाई आफूले आफूलाई कहिल्यै कमोजर नसम्झनुहोस् । के छैन् नारीभित्र ? सहनशिलता, लगनशिलता, धर्यता, ईमान्दारिता, सौन्दर्यता आदि सबथोक छ नारीभित्र ।

    त्यही नारी विश्वको सर्वोच्च शिखर चढ्न सक्छे भने तपाई किन सक्नुहुन्‍न ? त्यही नारी राष्ट्रपति हुन सक्छे भने तपाई किन सक्नुहुन्‍न ? त्यही नारी प्रधानन्यायाधीश हुन सक्छे भने तपाई किन सक्नुहुन्‍न ? त्यही नारी सभामुख हुन सक्छे भने तपाई किन हुन सक्नुहुन्‍न ? त्यही नारी श्रृङ्खला खतिवडा हुन सक्छे भने तपाई किन हुन सक्नुहुन्‍न ? त्यही नारी सुन्तली हुन सक्छे भने तपाई किन हुन सक्‍नुहुन्‍न ? त्यही नारी फिल्म क्षेत्रकै सर्वाधिक कमाउन सफल फिल्म निर्देशन गर्न सक्छे भने तपाई किन सक्नुहुन्‍न ?

तपाई त्यही नारी हो, जसले विश्वका धनी व्यक्ति जेफ बेजोसलाई जन्म दिईन, तपाई त्यही नारी हो जसले विश्वका महान वैज्ञानिक अल्बल्ट आनिष्टाईनलाई जन्म दिईन ।

त्यसैले फेरी पनि भन्न चाहान्छु, सर्वप्रथम आफूले आफूलाई सम्मान गर्नुहोस्, नारीले नारीलाई सम्मान गर्नुहोस् । त्यसपछि हुने छैन नारी हिंसा । मनाउनु पर्ने छैन नारी दिवस् ।

Share For Big Support & Love...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments