आउनुहोस् सबैले बलि चढाऔँ || राम वि शाम ||

मैले बलि चढाउन शुरु गरेको दिनदेखि मेरा लागि हरेक दिन दशैँ भईरहेछन । बलि चढाउने गरेको लामै ईतिहास छ मसँग । मेरो बाउआमाले पनि बलि चढाउनु भयो र मैले पनि बलि चढाउँदै आएको छु । अरुका लागि वर्षमा एकदिन आउने दशैँ मेरा लागि ३६५ दिन नै आउने गर्छ ।

शुम्भ र निशुम्भ नामका दुई दानवले दुर्गामातालाई नौ दिनसम्म बलात्कार गर्ने प्रयास गरे । प्रतिरक्षाका लागि दुर्गामाताले ती दुई दानवको बध गर्नुभयो । त्यही विजयलाई विजयादशमीको रुपमा मनाउने गरिन्छ ।

# हामी अधिकांशको बुझाईमा कमजोरी भयो, हामीले गलत तरिकाले बुझ्यौँ । हामीलाई लाग्छ की दुर्गामाताले दुई दानवको हत्या गर्नुभयो र हामीले पशु बलि चढाएमा दुर्गामाता खुशी हुनुहुन्छ ।

# बुझाईलाई सच्याऔँ अब । दुर्गामाताले शुम्भ र निशुम्भको हत्या गर्नुभएको हैन, दानवता अर्थात अमानवीयपनको हत्या गर्नुभएको थियो । यदि हामी साँच्चै दुर्गामातालाई खुशी पार्न चाहान्छौँ भने अब हामीले पनि बलि चढाउनै पर्छ ।

आफूभित्रको अमानवीयपन, लोभ, डाहा, ईर्ष्या, डर, हिंसा, असत्य, नकारात्मक सोच, गैरजिम्मेवारी, भ्रष्टाचारीपन आदि सबैको बलि चढाउनै पर्छ । बलि चढाउनुपर्ने कुरा यी हुन् ।

मेरो बाउआमाले हिंसा, असत्य, लोभ, डाहा, ईर्ष्या आदिको बलि चढाउनुभएको थियो । मैले पनि त्यसै परम्परालाई कायम राख्दै त्यसमा थप अमानवीयपन, नकारात्मक सोच, गैरजिम्मेवारपन आदिको बलि चढाउँदै आएको छु ।

अरुका लागि वर्षमा एकदिन आउने दशैँ मेरो लागि ३६५ दिन नै आउने गर्छ । हरेक दिन मेराका लागि विजयको दिन हो । आउनुहोस्, अमानवीयपन, लोभ, डाहा, ईर्ष्या, डर, हिंसा, असत्य, नकारात्मक सोच, गैरजिम्मेवारी, भ्रष्टाचारीपन आदिको बलि चढाऔँ, ३६५ दिन नै दशैँ मनाऔँ । 

©rambsham

जय मानवता, जय मान्छे

Share For Big Support & Love...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments